संखुवासभा र सुनसरीमा बगेर २ जना बेपत्ता

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ साउन २१, बिहीबार १०:२८

विराटनगर । खोलाले बगाएर संखुवासभास्थित इदुवा हाइड्रोपावरका एकजना कर्मचारी बेपत्ता भएका छन् । संखुवासभाको मकालु गाउँपालिका ५ फाकफुकस्थित सिमली खोला तर्ने क्रममा घटना भएको हो ।

प्रहरीका अनुसार बगेर खाँदबारी-१० बस्ने इदुवा हाइड्रोपावरका सुपरभाइजर २८ वर्षीय स्वागत निरौला बेपत्ता भएका हुन् । खाना खाएर साथीहरुसँगै हाइड्रोको आवासमा फर्कने क्रममा बुधबार राति ११ बजे उनी खोलामा बगेका थिए । स्थानीयको सहयोगमा उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी, सुनसरीको दुहबी नगरपालिका-११ मिल टोलमा धनसुना खोला तर्ने क्रममा ६० वर्षीय रविलाल उराव बेपत्ता भएका छन् । बाँसको अस्थायी पुल तर्ने क्रममा बुधबार साँझ साढे ५ बजे उनी चिप्लिएर खोलामा खसेका थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.