नयाँ तलबमान : कति पुग्यो प्रहरीको तलब ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २१, बिहीबार १२:२०

काठमाडौं। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल प्रहरीका कर्मचारीहरूको नयाँ तलबमान कायम गरेको छ। नयाँ व्यवस्था अनुसार नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) को मासिक तलब ७८ हजार ५ सय ७६ रुपैयाँ र अतिरिक्त महानिरीक्षक (एआईजी) को तलब ८४ हजार ५ सय ७६ रुपैयाँ तोकिएको छ।

वरिष्ठ अधिकारीहरूतर्फ प्रहरी नायब महानिरीक्षक (डीआईजी) को मासिक तलब ७३ हजार ७ सय ५०, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को ७० हजार ७ सय १४ र प्रहरी उपरीक्षक (एसपी) को ६७ हजार ९२ रुपैयाँ पुगेको छ। त्यस्तै प्रहरी नायब उपरीक्षक (डीएसपी) को ६२ हजार ५ सय ४६ र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को ६० हजार ८ सय ७४ रुपैयाँ कायम भएको छ।

Advertisement

जुनियर अधिकृत र तल्लो तहका प्रहरीतर्फ प्रहरी नायब निरीक्षक (सई) को ४८ हजार ३ सय ८७, प्रहरी सहायक निरीक्षक (असई) को ४४ हजार ५ सय ७७ र प्रहरी वरिष्ठ हवल्दारको ३७ हजार ६ सय ४८ रुपैयाँ तोकिएको छ। प्रहरी हवल्दारको ३७ हजार ४ सय ५७, प्रहरी सहायक हवल्दारको ३७ हजार १ र प्रहरी जवानको मासिक तलब ३६ हजार ३ सय ३८ रुपैयाँ पुगेको छ।

नयाँ भर्ना हुने रिक्रुटले मासिक २७ हजार १ सय ७२ रुपैयाँ पाउनेछन् भने कार्यालय सहयोगीहरूको तलब तह अनुसार २८ हजारदेखि ४० हजार रुपैयाँसम्म निर्धारण गरिएको छ। सरकारले साउन १ गतेदेखि नै लागू हुने गरी यो नयाँ तलबमानका साथै १० प्रतिशत मासिक प्रोत्साहन भत्ता समेत उपलब्ध गराउने निर्णय गरेको छ।

तपाइको प्रतिक्रिया
संसद्‌मा ठाडो भाषा प्रयोग गरेकोमा गृहमन्त्री गुरुङले मागे माफी
गृहमन्त्रीको अभिव्यक्तिको विरोध, ‘प्रश्न सोध्न रोक्नु अलोकतान्त्रिक’
निर्मला पन्तको न्यायबारे गृहमन्त्री : ‘पीडित परिवारको घाउ नकोट्याऔं’
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ
पाथीभरा मन्दिरको प्रसाद अब हुलाकमार्फत देश-विदेशमा पठाइने
‘हिन्दू अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापना हाम्रो एजेन्डा’
ग्यास अभाव: कालोबजारी र कृत्रिम अभावबारे उजुरी गर्न मन्त्रालयको आग्रह
आवासीय चिकित्सकको श्रम शोषण रोक्न माग
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
अपहरणमा परेका ३०८ जनाको एकै दिन सकुशल उद्धार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.