संसद्‌मा ठाडो भाषा प्रयोग गरेकोमा गृहमन्त्री गुरुङले मागे माफी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २१, बिहीबार १५:०८

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा सांसदहरूसँगको सवालजवाफका क्रममा आफ्नो भाषा ठाडो हुन पुगेको भन्दै गृहमन्त्री सुधन गुरुङले माफी मागेका छन्। निर्मला पन्त हत्याकाण्डका विषयमा प्रश्न नगर्न भन्दै रोष्ट्रमबाटै चेतावनी दिएपछि आलोचना बढेपछि उनले बैठकबाटै क्षमायाचना गरेका हुन्।

सांसदहरूलाई सम्बोधन गर्दै मन्त्री गुरुङले आफूहरूले अझै धेरै सिक्न बाँकी रहेको र सो क्रममा आफ्नो शैली रुखो हुन पुगेको स्वीकार गरे। ‘हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ, सिक्दै जानेछौँ। मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो, यसका लागि म क्षमाप्रार्थी छु र माफी माग्न चाहन्छु,’ उनले भने।

Advertisement

विपद् व्यवस्थापनको विषयमा छलफल चलिरहँदा निर्मला पन्तको सन्दर्भ जोडिएपछि आफ्नो शैली कडा बनेको स्पष्टीकरण उनले दिए।

तपाइको प्रतिक्रिया
कांग्रेस विवाद: सर्वोच्चद्वारा पुनरावलोकनको अनुमति
संसद्‌मा ठाडो भाषा प्रयोग गरेकोमा गृहमन्त्री गुरुङले मागे माफी
गृहमन्त्रीको अभिव्यक्तिको विरोध, ‘प्रश्न सोध्न रोक्नु अलोकतान्त्रिक’
निर्मला पन्तको न्यायबारे गृहमन्त्री : ‘पीडित परिवारको घाउ नकोट्याऔं’
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ
पाथीभरा मन्दिरको प्रसाद अब हुलाकमार्फत देश-विदेशमा पठाइने
‘हिन्दू अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापना हाम्रो एजेन्डा’
ग्यास अभाव: कालोबजारी र कृत्रिम अभावबारे उजुरी गर्न मन्त्रालयको आग्रह
आवासीय चिकित्सकको श्रम शोषण रोक्न माग
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.