सर्पदंशबाट बेलबारीमा महिलाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २१, बिहीबार १८:२९

विराटनगर । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गकी ३० वर्षीया रमा घिमिरे देवकोटाको सर्पदंशबाट मृत्यु भएको छ ।

प्रहरीका अनुसार बिहीबार दिउँसो करिब १२ः३० बजे आफ्नै घरको भान्सामा काम गरिरहेका बेला सर्पले उनको बायाँ खुट्टामा टोकेको थियो । सर्पले टोकेपछि उपचारका लागि तत्काल कोशी अस्पताल विराटनगर पुर्याइयो ।

Advertisement

उपचारकै क्रममा दिउँसो ३ः०५ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरिदिएका हुन् । रमालाई कुन प्रजातिको सर्पले टोकेको हो भन्ने यकिन हुन सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.