देउवाविरुद्ध मुद्दा र पक्राउ पुर्जीबारे रेकर्ड हेर्दै प्रहरी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २२, शुक्रबार १४:२१

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने तयारीमा रहेका बेला उनीविरुद्ध कुनै कानुनी मुद्दा वा पक्राउ पुर्जी रहे-नरहेको विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता अविनारायण काफ्लेले देउवाविरुद्ध पक्राउ पुर्जी वा मुद्दाबारे रेकर्ड अध्ययन भइरहेको जानकारी दिए।

Advertisement

देउवा स्वदेश फर्किएपछि उनलाई पक्राउ गर्ने वा अनुसन्धानको दायरामा ल्याउने आधारबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रवक्ता काफ्लेले भने, ‘हामीले यसबारे रेकर्डहरू हेरिरहेका छौँ। के छ, हेरेर आवश्यकताअनुसार कारबाही प्रक्रिया अघि बढाउँछौँ।’

यसअघि कांग्रेस नेता प्रकाशशरण महतले लामो समयदेखि विदेशमा रहेका देउवा साउन २६ गते नेपाल फर्किने जानकारी गराएका थिए।

तपाइको प्रतिक्रिया
भदौदेखि शिक्षक महासंघको आन्दोलन
भदौदेखि शिक्षक महासंघको आन्दोलन
देउवाविरुद्ध मुद्दा र पक्राउ पुर्जीबारे रेकर्ड हेर्दै प्रहरी
कर्णाली विकास बैंक घोटाला प्रकरणः तत्कालीन सिइओ शाहसहित ३ जना पक्राउ
कोशी प्रदेशका ५ जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने
कोशी प्रदेशका ५ जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने
बैंकिङ कसुरमा कोशी प्रदेश तेस्रो स्थानमा, १ हजार १५७ मुद्दा दर्ता
विद्यालयमा गोली चल्दा ७ जनाको मृत्यु, १५ घाइते
५ लाख जरिवाना अव्यावहारिक भएको भन्दै ट्रक व्यवसायीको आपत्ति
बालसुरक्षामा मेटामाथि ५६ करोड ७० लाख डलरको थप जरिवाना
इरानसँगको द्वन्द्व चाँडै अन्त्य हुन सक्ने ट्रम्पको संकेत
प्रगतिशील लोकतान्त्रिक पार्टीबाट अलग भए राम कार्की
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.