वैकल्पिक सडक निर्माण अघि बढाउन ध्यानाकर्षण

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २२, शुक्रबार १७:४८

काठमाडौं। इलामको सिमलगोलाई-तिल्केनी १२ किलोमिटर वैकल्पिक सडक निर्माण कार्य तत्काल अघि बढाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सडक विभागको ध्यानाकर्षण गराएको छ।

रास्वपाका इलाम जिल्ला सभापति दिनेश महत नेतृत्वको टोलीले शुक्रबार सडक विभागका महानिर्देशक डा. विजय जैसीलाई भेट गरी सडक निर्माण कार्य यथाशीघ्र सुरु गर्न आवश्यक पहलका लागि आग्रह गरेको हो।

Advertisement

मेची राजमार्गमा पटक-पटक हुने अवरोधका कारण यो वैकल्पिक सडकको निर्माण अत्यन्त आवश्यक रहेको बताउँदै टोलीले आवश्यक बजेट व्यवस्थापन, प्राविधिक प्रक्रिया तथा कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढाउन अनुरोध गरेको छ।

इलामवासीको दीर्घकालीन हित र सहज आवागमनका लागि यो महत्वपूर्ण योजना शीघ्र कार्यान्वयन हुने विश्वास रास्वपा टोलीले व्यक्त गरेको छ।

यसअघि टोलीले मेची राजमार्गको दीर्घकालीन वैकल्पिक मार्ग निर्माणसहितका पूर्वाधार योजनामा बजेट व्यवस्थापन गर्न पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको ध्यानाकर्षण गराएको थियो । रास्वपा इलामका प्रतिनिधिहरूले मन्त्री लम्साललाई भेटेर १२ किलोमिटर सिमलगोलाई–तिलकेनी सडक निर्माण, जोगमाई खोलामा पक्की पुल निर्माण र उक्त सडकलाई राष्ट्रिय सडक सञ्जालमा समावेश गर्न माग गरेका हुन्।

साथै विभिन्न स्थानीय तहका अत्यावश्यक सडक, पुल र खानेपानी योजनाहरूका लागि तत्काल बजेट विनियोजन गरी कार्यान्वयनमा लैजान आग्रह गरिएको छ। भेटका क्रममा मन्त्री लम्सालले देखिएका समस्या समाधानका लागि चाँडै बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएको रास्वपा इलामका सभापति महतले जानकारी दिए।

अविरल वर्षाका कारण मेची राजमार्गसहितका वैकल्पिक सडकहरूमा बाढी पहिरोले अवरोध पुर्‍याउँदा इलाम, पाँचथर, ताप्लेजुङ र झापाका यात्रुहरूले सास्ती व्यहोर्नुपरेको छ। सडक अवरुद्ध हुँदा उपभोग्य सामग्रीको ढुवानी सहज हुन नसकी बजारमा दैनिक उपभोग्य वस्तुको अभाव सिर्जना हुन थालेको छ।

तपाइको प्रतिक्रिया
२० औँ एसियाली खेलकुद: नेपाली बक्सिङ टोली वैदेशिक प्रशिक्षणका लागि भारत प्रस्थान    
२० औँ एसियाली खेलकुद: नेपाली बक्सिङ टोली वैदेशिक प्रशिक्षणका लागि भारत प्रस्थान    
देशभर ९५.५ प्रतिशत धान रोपाइँ सम्पन्न
सय बुँदे कार्यसूची कार्यान्वयनमा तीव्रता दिइएको सरकारको दाबी
लहानमा पेस्तोलसहित ३ जना पक्राउ 
एकै वर्षमा पक्राउ परे साढे १९ हजार फरार प्रतिवादी, मधेशबाट सबैभन्दा धेरै
कोशी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा गुरागाईं नियुक्त
मुन्दडाको घरमा छापा मार्दा सूचना विश्लेषणमा कमजोरी : प्रहरी प्रवक्ता
लागुऔषध दुरुपयोग : एकै वर्ष दर्ता भए साढे ५ हजारभन्दा बढी मुद्दा
वैकल्पिक सडक निर्माण अघि बढाउन ध्यानाकर्षण
देशभर ९७० स्थानमा प्रहरी युनिट स्थापनाको माग
कोशीका उद्योगीले गभर्नर पौडेललाई बुझाए ११ बुँदे सुझाव
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.