कोशी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा गुरागाईं नियुक्त

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २२, शुक्रबार १८:११

विराटनगर । कोशी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कलवलगुडी झापाको कार्यकारी निर्देशकमा इटहरी उपमहानगरपालिका-४ निवासी अनिता गुरागाईं नियुक्त भएकी छिन्। शुक्रबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले उनलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो। नियुक्ति लगतै गुरागाईंलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथग्रहण गराए।

यस्तै प्रदेश सरकारले स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन नियमावलीका लागि प्रदेश लोक सेवा आयोगको परामर्श माग गर्ने निर्णय गरेको छ। निर्माणाधीन नियमावलीमाथि आयोगको परामर्श लिने निर्णय भएको आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले जानकारी दिए।

Advertisement

यसैगरी बैठकले मोरङको सुन्दरहरैँचा नगरपालिकाको प्रशासकीय भवनको केन्द्र सार्न स्वीकृति प्रदान गरेको छ। सुन्दरहरैँचा नगरपालिकाको हाल वडा नम्बर १२ मा रहेको केन्द्रलाई वडा नम्बर ८ (साबिक मृगौलिया ९) मा सार्ने नगरसभाको सिफारिसलाई स्वीकृत गर्ने निर्णय भएको मन्त्री लिङ्थेपले बताए।

प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश युवा परिषद्सम्बन्धी विधेयक तर्जुमा गर्नका लागि अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गरेको छ। साथै, वृद्धिमुखी कार्यान्वयन कार्यविधि र रोजगार प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ लाई खारेज गर्ने निर्णयसमेत बैठकले गरेको छ।

तपाइको प्रतिक्रिया
 कोशी प्रदेशमा गुड्ने भयो ‘पोडवे’: रानीदेखि विराटनगर बसपार्कसम्म पहिलो चरणको निर्माण हुने
कोशी प्रदेशमा गुड्ने भयो ‘पोडवे’: रानीदेखि विराटनगर बसपार्कसम्म पहिलो चरणको निर्माण हुने
खोटाङको जंगलमा रोकेको ट्रकबाट १३ क्विन्टल गाँजा बरामद
२० औँ एसियाली खेलकुद: नेपाली बक्सिङ टोली वैदेशिक प्रशिक्षणका लागि भारत प्रस्थान    
२० औँ एसियाली खेलकुद: नेपाली बक्सिङ टोली वैदेशिक प्रशिक्षणका लागि भारत प्रस्थान    
देशभर ९५.५ प्रतिशत धान रोपाइँ सम्पन्न
सय बुँदे कार्यसूची कार्यान्वयनमा तीव्रता दिइएको सरकारको दाबी
लहानमा पेस्तोलसहित ३ जना पक्राउ 
एकै वर्षमा पक्राउ परे साढे १९ हजार फरार प्रतिवादी, मधेशबाट सबैभन्दा धेरै
कोशी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा गुरागाईं नियुक्त
मुन्दडाको घरमा छापा मार्दा सूचना विश्लेषणमा कमजोरी : प्रहरी प्रवक्ता
लागुऔषध दुरुपयोग : एकै वर्ष दर्ता भए साढे ५ हजारभन्दा बढी मुद्दा
वैकल्पिक सडक निर्माण अघि बढाउन ध्यानाकर्षण
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.