२० औँ एसियाली खेलकुद: नेपाली बक्सिङ टोली वैदेशिक प्रशिक्षणका लागि भारत प्रस्थान    

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २२, शुक्रबार १८:४२
२० औँ एसियाली खेलकुद: नेपाली बक्सिङ टोली वैदेशिक प्रशिक्षणका लागि भारत प्रस्थान    

काठमाडौं । बक्सिङले २० औँ एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसामस्थित गुवाहाटीमा गर्ने भएको छ । त्यसका लागि ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली सोमबार भारत जाँदै छ । जापानको आइची / नागोयामा असोज ३ गतेदेखि सुरु हुने एसियाली खेलकुदमा ४ पुरुष र ३ महिला मुक्केबाजले नेपालको चुनौती पेस गर्ने छन् ।

पुरुष ५५ केजीमुनि चन्द्रबहादुर थापा, ६० केजीमुनि खगेन्द्र रोका मगर, ७० केजीमुनि दानबहादुर दर्लामी र ९० केजीमुनि रविन नेपालले प्रतिस्पर्धा गर्ने छन् । महिला ५१ केजीमुनि रमिशा श्रेष्ठ, ५४ केजीमुनि अस्मिता तामाङ र ६५ केजीमुनि कुसुम तामाङ सहभागी हुने छन् । खेलाडीले स्पोर्ट्स अथोरिटी अफ इन्डिया (साइ) अन्तर्गत नेसनल सेन्टर अफ एक्सिलेन्समा ४० दिन प्रशिक्षण तयारी प्रशिक्षण गर्ने नेपाल बक्सिङ महासंघका सचिव पुष्करराज पन्तले जानकारी दिएका छन् । टोली त्यतैबाट जापान जाने छ ।

Advertisement

रविन बाहेक सबैको पहिलो एसियाड सहभागिता हो । रविनले १९ औँ एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए । चन्द्र सन् २०२५ मा दुबईमा भएको आइबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कांस्य पदक विजेता पनि हुन् । चन्द्रको कांस्य पदक नेपाली बक्सिङको इतिहासमा हालसम्मकै ठुलो हो । प्रशिक्षकमा राज श्रेष्ठ तथा दीपक महर्जन छन् । व्यवस्थापकमा नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारी रहेका छन् ।

एसियाली खेलकुदमा समग्रमा बक्सिङले ३ फरक संस्करणमा हालसम्म ६ कांस्य पदक जितेको छ । बक्सिङले दक्षिण कोरियाको सिओलमा सन् १९८६ मा भएको १० औँ संस्करणमा पहिलो पटक पदक जितेको थियो । त्यस बेला दलबहादुर राना मगर, तुलबहादुर थापा, सुशील पोखरेल र मनोजबहादुर श्रेष्ठले कांस्य पदक जितेका थिए । बाँकी २ संस्करणमा बक्सिङले पदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएको थियो ।

सन् १९९० मा चीनको बेइजिङमा भएको ११ औँ संस्करणमा चित्रबहादुर गुरुङ तथा सन् २०१० मा चीनकै ग्वाङझावमा भएको १६ औँ एसियाडमा हालका टोलीका प्रशिक्षक मध्येका दीपकले नेपाललाई कांस्य पदक दिलाएका थिए । दक्षिण कोरियाको इन्चोनमा भएको १७ औँ संस्करणदेखि बक्सिङ पदकविहीन छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

नेपाल बक्सिङ महासंघले सोही कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने २ र उत्कृष्ट प्रदर्शन गर्ने २ गरी ४ खेलाडीलाई नगदसहित सम्मान गरेको छ । पदक विजेता चन्द्रबहादुर थापा र अर्पिल राना तथा उत्कृष्ट प्रदर्शन गर्ने लालप्रसाद उप्रेती र अन्जनी तेली सम्मानित भएका हुन् ।

चन्द्रले सन् २०२५ मा दुबईमा भएको आइबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिप ५४ केजीमुनि कांस्य जितेका थिए । सोही प्रतियोगिताको ५१ केजीमुनि लालप्रसाद क्वाटर फाइनलमा पुगेका थिए । सन् २०२५ मा थाइल्यान्डमा भएको एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपको पुरुष ५० केजीमुनि अर्पिलले कांस्य प्राप्त गरेका थिए ।

अञ्जनीले सन् २०२३ मा भारतमा भएको आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपको ५२ केजीमुनि क्वाटर फाइनल यात्रा तय गरेकी थिइन् । चन्द्रले ५० हजार, अर्पिलले २० हजार तथा लालप्रसाद र अन्जनीले समान १०–१० हजारसहित प्रशंसा पत्र पाए । उनीहरुलाई सदस्यसचिव मेहताले सम्मान गरे । अन्जनी भने कार्यक्रममा उपस्थित थिइनन् ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×