देवानगन्ज गोलीकाण्डका घाइते तीन जना डिस्चार्ज

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २३, शनिबार १६:१३

विराटनगर। सुनसरीको देवानगन्ज गोलीकाण्डमा घाइते भई विराट अस्पतालमा उपचाररत तीन जना स्वास्थ्यलाभ गरी घर फर्किएका छन्। गत साउन १० गते राति देवानगन्ज–३ कप्तानगन्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका देवानगन्ज–३ का २५ वर्षीय सुनील कुमार मेहता, देवानगन्ज–४ का १८ वर्षीय अमितकुमार यादव र २६ वर्षीय सुनील मेहता उपचारपछि डिस्चार्ज भएका हुन्।

विराट अस्पतालका सर्जन डा. अनुप पोखरेलका अनुसार तीनै जनाको शल्यक्रियापछि स्वास्थ्य अवस्था सामान्य बनेकाले शुक्रबार साँझ डिस्चार्ज गरिएको हो। साउन १० गतेदेखि उपचाररत उनीहरूमध्ये २५ वर्षीय सुनीलको बायाँ घुँडामुनिको भागमा, १८ वर्षीय अमितकुमारको कम्मरमा र २६ वर्षीय सुनीलको बायाँ हातको कुहिनामा गोली लागेको थियो।

Advertisement

देवानगन्जको कप्तानगन्जमा दुई समूहबीच भएको विवाद हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। उक्त घटनामा गोली लागेर घाइते भएका १० जनामध्ये ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्रकुमार मेहताको उपचारका क्रममा मृत्यु भइसकेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.