वैशाखयता विपद्का घटनामा २०५ जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २३, शनिबार १८:१६
फाइल फाेटाे

काठमाडौं। चालु वर्ष २०८३ को वैशाख १ गतेदेखि साउन २३ गतेसम्मको अवधिमा देशभर कुल चार हजार चार सय आठ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा विपद्का कारण २०५ जनाले ज्यान गुमाएका छन् भने पाँच जना बेपत्ता र एक हजार तीन सय २४ जना घाइते भएका छन्।

प्राधिकरणको तथ्याङ्कअनुसार वैशाखयता सबैभन्दा बढी मानवीय क्षति सर्पदंशका कारण भएको छ। सर्पदंशका आठ सय एक घटनामा परि ५९ जनाको मृत्यु र सात सय ४९ जना घाइते भएका छन्।

Advertisement

त्यस्तै चट्याङका दुई सय ३५ घटनामा २५ जना, लेक लाग्ने ५७ घटनामा २३ जना, आगलागीका एक हजार ६० घटनामा २० जना र पहिरोका आठ सय १५ घटनामा २० जनाको मृत्यु भएको छ।

मुलुकभर भएका विपद्का घटनाबाट कुल पाँच हजार चार सय ५७ परिवार प्रभावित भएका छन्। जसमध्ये हावाहुरीका चार सय ८० घटनाबाट एक हजार तीन सय ५८ परिवार र आगलागीबाट एक हजार एक सय ७० परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.