थाइल्यान्डमा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दोमा शुभमलाई कास्य पदक

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २४, आइतबार ०७:३४
थाइल्यान्डमा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दोमा शुभमलाई कास्य पदक

काठमाडौं । थाइल्यान्डमा सम्पन्न नवौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालका शुभम रायमाझीले कास्य पदक जित्न सफल भएका छन् । रौतहटको चन्द्रपुर नगरपालिका–१ का रायमाझीले ५९ देखि ६३ केजी तौल समूहमा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्दै कास्य पदक हात पारेका हुन् ।

उक्त प्रतियोगिता यही जुलाई ३१ देखि अगस्ट २ सम्म थाइल्यान्डमा सञ्चालन भएको थियो । प्रतियोगितामा विभिन्न देशका व्यावसायिक र प्रतिभाशाली खेलाडीहरूको सहभागिता रहेको थियो । कडा प्रतिस्पर्धाका बीच पदक जित्न सफल भएपछि रायमाझीले खुसी व्यक्त गरेका छन् । उनले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपालको झन्डा फहराउन पाउँदा आफूलाई निकै गर्व लागेको बताए ।

Advertisement

‘अन्तर्राष्ट्रिय पदक जित्न पाउँदा अत्यन्तै खुसी लागेको छ,’ शुभमले भने, ‘यो सफलताले मलाई आगामी दिनमा अझ कडा मिहिनेत गर्न र देशका लागि थप उत्कृष्ट प्रदर्शन गर्ने हौसला प्रदान गरेको छ।’

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×