पूर्वमेयर सिंह जंगलमा मृत अवस्थामा भेटिए

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २४, आइतबार १२:५५

काठमाडौं । शुक्रबारदेखि सम्पर्कविहीन बनेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता ६५ वर्षीय किरण सिंह मृत अवस्थामा भेटिएका छन्।

उनको शव निरन्तर खोजी गर्ने क्रममा आइतबार तिलौराकोट सामुदायिक जङ्गलमा फेला परेको हो।

Advertisement

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी मनोहर भट्टका अनुसार जङ्गलको बीच भागमा सिंहको शव फेला परेको छ।

उनी सवार लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल पनि सोही जङ्गल क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएको थियो।

सिंह शुक्रबार दिउँसो २ बजेतिर घरबाट निस्किएका थिए। दिउँसो साढे ३ बजेतिर उनले आफ्ना निकट व्यक्तिहरूलाई फोन गरेर जङ्गलमा बाटो बिर्सिएको जानकारी गराएका थिए। त्यसपछि आफन्त र प्रहरी टोली खोजीमा जुटेका थिए।

आफ्नो समूहले सञ्चालन गर्ने कृषि फार्मतर्फ जान छोटो बाटो प्रयोग गर्ने क्रममा उनी जङ्गलमा हराएको स्थानीयले बताएका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

तपाइको प्रतिक्रिया
नेपालयद्वारा २५ वर्षमुनिका ७५ युवा लेखकका तीन पुस्तक लोकार्पण
सरकारले बाटो बिराए कान समातेर लिकमा ल्याउँछौँ: रास्वपा सभापति लामिछाने
सुधार केन्द्रमा रहेका युवकको मृत्यु
मोरङ, सुनसरी र झापाबाट गाँजा र ब्राउन सुगरसहित १० जना पक्राउ
पूर्वमेयर सिंह जंगलमा मृत अवस्थामा भेटिए
ट्राफिक प्रहरीलाई व्यवहारमा नम्रता अपनाउन निर्देशन
‘संविधानका उपलब्धि कमजोर बनाउने गतिविधि अस्वीकार्य’
प्रधानमन्त्री कार्यालयद्वारा १५२ मुद्दाको लिखित जवाफ अदालत पठाइयो
पूर्वमेयर सिंहको खोजी तीव्र, तालिमप्राप्त कुकुर र ड्रोन प्रयोग
संविधानले सबै समुदायको हक र हित सुनिश्चित गरेको छ: राष्ट्रपति पौडेल
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.