मोरङ, सुनसरी र झापाबाट गाँजा र ब्राउन सुगरसहित १० जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २४, आइतबार १३:००

विराटनगर । कोशी प्रदेशका मोरङ, सुनसरी र झापाका विभिन्न स्थानबाट प्रहरीले भारी मात्रामा गाँजा र ब्राउन सुगरसहित १० जनालाई पक्राउ गरेको छ।

साउन २३ गते सुनसरीको बराहक्षेत्र–१ गुप्तबराहमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको प्र.१-०२-००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकल जाँच गर्दा ४१८ किलो गाँजा फेला पारेको छ।

Advertisement

कारभित्र २२ वटा प्लास्टिकका पोकामा लुकाइराखिएको अवस्थामा गाँजा बरामद भएपछि कार चालक धरान–१३ का ३४ वर्षीय थमन राई, कारमा सवार ओखलढुङ्गा मानेभञ्ज्याङ–५ की २२ वर्षीया जिवनी राई, मोटरसाइकल चालक मोरङ कटहरी–३ का २६ वर्षीय अमर कामत र पछाडि सवार ३८ वर्षीय शङ्कर चौधरीलाई पक्राउ गरिएको छ।

यस्तै सुनसरीको धरान–११ स्थित रिटिङ टोलबाट अस्थायी प्रहरी चौकी रेल्वेको टोलीले धरान–११ का ३२ वर्षीय उमेश कार्की, ३३ वर्षीय रुद्र मगर र धरान–१६ की २४ वर्षीया स्वास्तिका गुरुङलाई ९३० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

उता मोरङको विराटनगर–१५ मण्ठा पोखरीबाट इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले स्थानीय ३१ वर्षीय मोहमद हुसेनलाई १०० ग्राम ६०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

यसैगरी झापाको मेचीनगर–८ सरस्वती टोलबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरोको टोलीले इटाभट्टाबाट धुलाबारीतर्फ जाँदै गरेको प्र.१-०१-००२ ह ३५६९ नम्बरको सिटी सफारीलाई जाँच गर्ने क्रममा ५३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ।

सो क्रममा चालक मोरङ पथरीशनिश्चरे–५ का २५ वर्षीय गणेश चौधरी र झापा मेचीनगर–११ का २३ वर्षीय सोमनाथ राजवंशी पक्राउ परेका छन्। पक्राउ परेका सबैजनामाथि सम्बन्धित प्रहरी कार्यालयबाट आवश्यक अनुसन्धान भइरहेको छ।

तपाइको प्रतिक्रिया
नेपालयद्वारा २५ वर्षमुनिका ७५ युवा लेखकका तीन पुस्तक लोकार्पण
सरकारले बाटो बिराए कान समातेर लिकमा ल्याउँछौँ: रास्वपा सभापति लामिछाने
सुधार केन्द्रमा रहेका युवकको मृत्यु
मोरङ, सुनसरी र झापाबाट गाँजा र ब्राउन सुगरसहित १० जना पक्राउ
पूर्वमेयर सिंह जंगलमा मृत अवस्थामा भेटिए
ट्राफिक प्रहरीलाई व्यवहारमा नम्रता अपनाउन निर्देशन
‘संविधानका उपलब्धि कमजोर बनाउने गतिविधि अस्वीकार्य’
प्रधानमन्त्री कार्यालयद्वारा १५२ मुद्दाको लिखित जवाफ अदालत पठाइयो
पूर्वमेयर सिंहको खोजी तीव्र, तालिमप्राप्त कुकुर र ड्रोन प्रयोग
संविधानले सबै समुदायको हक र हित सुनिश्चित गरेको छ: राष्ट्रपति पौडेल
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.