नेपालयद्वारा २५ वर्षमुनिका ७५ युवा लेखकका तीन पुस्तक लोकार्पण

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २४, आइतबार १४:०६

काठमाडौं। पब्लिकेशन नेपालयले २५ वर्षमुनिका युवा लेखकहरूले लेखेका कथा, कविता र निबन्ध विधाका तीनवटा पुस्तक एकसाथ लोकार्पण गरेको छ। कालिकास्थानस्थित नेपालयको आरशालामा आयोजित ‘नेपालय साहित्य उत्सव’का क्रममा छानिएका ७५ जना नयाँ लेखकका रचनाहरू लोकार्पण गरिएका हुन्।

नेपालयले आफ्नो स्थापनाको २० वर्ष पुगेको अवसरमा गत वर्ष ‘२५ वर्षका २५’ शीर्षकमा २५ वर्षमुनिका लेखकहरूबाट कथा, कविता र निबन्ध (ककनि) आह्वान गरेको थियो। संसारभरबाट प्राप्त रचनाहरूबाट २५ कथाकार, २५ कवि र २५ निबन्धकार चयन गरी तीन पुस्तकको सेट प्रकाशन गरिएको पब्लिकेशनले जनाएको छ।

कार्यक्रममा कथा विधाका छनौटकर्ता नारायण वाग्ले, कविताका छनौटकर्ता श्रवण मुकारुङ र निबन्धकी छनौटकर्ता भूषिता वशिष्ठले नयाँ लेखकहरूसँग छुट्टाछुट्टै खुला सेसनमा अन्तर्क्रिया गरेका थिए। कार्यक्रममा बोल्दै कवि श्रवण मुकारुङले बलिया र सृजनशील युवा लेखकहरूको उदय हुनु नेपाली साहित्यका लागि ऐतिहासिक क्षण भएको बताएका छन्। त्यस्तै लेखक नारायण वाग्लेले नयाँ पुस्ताको कथा शैली र परिपक्व प्रश्नहरूले आख्यान क्षेत्रमा नयाँ लहर ल्याएको उल्लेख गरेका छन्।

नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठका अनुसार ‘पल्पसा क्याफे’ उपन्यास प्रकाशनबाट सुरु भएको २० वर्षे यात्राका क्रममा नयाँ पुस्ताका प्रतिभा पहिचान गर्न यो अभियान चलाइएको हो। परिकल्पनाकार तथा सम्पादक विमल आचार्यले युवाहरूले पढ्दैनन् र लेख्दैनन् भन्ने आम भाष्यलाई यो उत्साहजनक सहभागिताले चिरेको बताएका छन्।

बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालित उत्सवमा ऐतिहासिक समाजशास्त्री लोकरञ्जन पराजुलीले ‘नेपालमा पुस्तकालय र पठन परम्परा’ विषयमा वक्तव्य दिएका थिए। यस्तै लेखकहरू नारायण ढकाल, श्रवण मुकारुङ र ओम रिजालबिच ‘आजको आख्यान’ विषयक छलफलसमेत भएको थियो। कार्यक्रमको अन्त्यमा नेपथ्य ब्यान्डको डकुमेन्ट्री फिल्म प्रदर्शन गरिनुका साथै हरेक महिनाको तेस्रो शुक्रबार फिल्म क्लब सञ्चालन गर्ने घोषणा गरिएको छ। युवा लेखकका कथा, कविता र निबन्धका तीन पुस्तकको सेटको मूल्य १ हजार ९ सय ९५ रुपैयाँ कायम गरिएको छ।

तपाइको प्रतिक्रिया
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×