सुनको मूल्य घट्यो, चाँदी बढ्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २५, सोमबार ११:०५
सुनको मूल्य सामान्य घट्यो 

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ। यस्तै, प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५८ हजार ४ सय ९० रुपैयाँ तोकिएको छ।

Advertisement

अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य भने बढेको छ। तोलामा २५ रुपैयाँले बढेर चाँदी प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ४ रुपैयाँ निर्धारण गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.