साउनको अन्तिम सोमबार शिवालयहरूमा भक्तजनको घुइँचो [फोटो फिचर]

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २५, सोमबार १२:४५

साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयहरूमा पूजाअर्चना गर्ने श्रद्धालुहरूको घुइँचो लागेको छ।

बिहान सबेरैदेखि भक्तजनहरू पशुपतिनाथ मन्दिर पुगेर लाइनबद्ध भई पूजापाठ तथा दर्शन गरिरहेका छन्।

Advertisement

साउनको हरेक सोमबार व्रत बसेका महिलाहरूले आज विधिपूर्वक व्रत समापन गरेका छन्। सुन्दरीजलबाट जल ल्याएर पशुपतिमा चढाउने बोलबम तीर्थालुहरूको पनि उत्तिकै बाक्लो उपस्थिति छ।

पशुपतिबाहेक भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, सुनसरीको पिण्डेश्वर, झापाको अर्जुनधारा, खोटाङको हलेसी र देवघाटधामलगायत देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो देखिन्छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.