५५ दिनमा जापानी इन्सेफलाइटिसबाट ९ जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २५, सोमबार १६:०३

काठमाडौं । ५५ दिनको अवधिमा जापानी इन्सेफलाइटिसबाट देशभर ९ जनाको मृत्यु भएको छ। कुल ४६ जनामा सङ्क्रमण पुष्टि भएकामा ९ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

विभागअन्तर्गत परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार असार र साउनको तथ्याङ्क विश्लेषण गर्दा नौ जनाको मृत्यु भएको देखिएको छ। उपलब्ध तथ्याङ्कअनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै ६ जनाको मृत्यु भएको छ। जसमा झापामा ३ तथा इलाम, मोरङ र सुनसरीमा १–१ जनाको मृत्यु भएको छ।

Advertisement

यस्तै मधेस प्रदेशका बारा, धनुषा, महोत्तरी, पर्सा, रौतहट र सप्तरी गरी ११ जना बिरामी परेका छन्। मधेसका धनुषा र रौतहटमा १–१ जना गरी २ जनाको मृत्यु भएको छ। यसैगरी लुम्बिनी प्रदेशको दाङमा १ जनाको मृत्यु भएको छ।

सङ्क्रमित र मृत्यु हुनेमा अधिकांश खोप नलगाएका व्यक्तिहरू रहेका छन्। चिकित्सकका अनुसार सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने यो रोग मान्छेबाट मान्छेमा भने सर्दैन।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.