व्यवसायी शेखर गोल्छासँग विशेष अदालतद्वारा एक करोड धरौटी माग

Share this
606shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २६, मंगलबार १७:२२

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ । मंगलबार अदालतमा उपस्थित भएका गोल्छासँग थुनछेक बहस र बकपत्रपछि धरौटी माग गर्ने आदेश भएको हो ।

विशेष अदालतका न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले उक्त धरौटी माग गर्ने आदेश दिएको हो ।

Advertisement

यसअघि गत साउन १२ गते काठमाडौँ जिल्ला अदालतले बीमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्र सम्बन्धी कसुरमा २५ लाख गरी एक करोड रुपैयाँ धरौटी माग गरेको थियो । उक्त रकम बुझाएर रिहा भएका गोल्छा पुनः अर्को मुद्दामा अदालत उपस्थित भएका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×