डुंगामा आगलागी, ११२ जनाको जीवितै उद्धार

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २७, बुधबार १२:३२

एजेन्सी । इन्डोनेसियाको पश्चिम नुसा तेङ्गारा प्रान्तस्थित लोम्बोक टापुनजिकै समुद्रमा ‘पुत्री यास्मिन’ नामक यात्रुवाहक डुंगामा आगलागी भएको छ। दुर्घटनापछि उद्धार टोलीले ११२ जनालाई सकुशल उद्धार गरेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन्।

उद्धार गरिएकाहरूमध्ये ३६ जनालाई नजिकैको अर्को डुंगाले नियन्त्रणमा लिई बाली फर्काएको थियो भने खोजी तथा उद्धार एजेन्सीको टोलीले ५९ जनाको उद्धार गरेको छ। त्यस्तै नौसेनाको जहाजले थप १७ जनालाई समुद्रबाट जीवितै निकालेको जनाइएको छ।

उक्त डुंगामा ११४ जना यात्रु र १७ जना चालक दलका सदस्य सवार थिए। दुर्घटनामा कुनै पनि यात्रु वा चालक दलका सदस्यको मृत्यु वा क्षति भएको खबर अहिलेसम्म प्राप्त नभएको प्रहरी तथा उद्धार अधिकारीहरूले पुष्टि गरेका छन्।

‘पुत्री यास्मिन’ नामको उक्त डुङ्गा बालीबाट लोम्बोक टापुतर्फ जाँदै गर्दा बीच बाटोमै आगलागी भएको थियो। आगलागी हुनुको मुख्य कारण भने अझै खुल्न सकेको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाइको प्रतिक्रिया
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×