भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २७, बुधबार १५:४३

काठमाडौं। सल्यानमा भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् भने अन्य दुई जना घाइते भएका छन्।

छिन्चु-जाजरकोट सडकखण्डअन्तर्गत वनगाड कुपिण्डे नगरपालिका-१, बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटना भएको हो। बालुवा सङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किने क्रममा उक्त जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

Advertisement

दुर्घटनामा जिप चालक र जिप धनी भेरी नदीमा बेपत्ता भएका छन्। उनीहरूको पहिचान भने खुल्न बाँकी रहेको सल्यान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले जानकारी दिए। बेपत्ताहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र स्थानीयवासी निरन्तर खटिएका छन्।

दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका-१, आँपखोलीका २९ वर्षीय प्रेम विक र सोही स्थानका २१ वर्षीय खुमलाल बुढाथोकी घाइते भएका छन्। उनीहरू दुवैको अवस्था सामान्य रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको डीएसपी पातलीले बताए।

तपाइको प्रतिक्रिया
रेडक्रसको विधान संशोधन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
तत्काल केन्द्रीय कमिटी बैठक डाक्न ओलीलाई दबाब
भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता
नेप्सेमा झिनो सुधार, कारोबार रकम भने साढे तीन अर्बमा सीमित
‘सरकार पुनर्गठन पद बाँडफाँट होइन, काम गर्ने शैली बदल्ने अवसर हो’
सुनसरीको बर्जुमा १५ शय्याको अस्पताल बन्ने, १५ करोड ९३ लाखको सम्झौता
कोशी सरकार : कांग्रेसका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन
अदालत अगाडि मिटरब्याज पीडित महिलाद्वारा आत्मदाहको प्रयास
सुनसरीको गढीमा स्कुल बसको ठक्करबाट वृद्धाको मृत्यु
रवीन्द्रको शव कप्तानगन्ज ल्याइयो, गोली चलेकै ठाउँमा अन्त्येष्टि गरिने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.