
काठमाडौं । काठमाडौंको माइतीघरमा एक जना लघुवित्त पीडितले आज बुधबार आत्मदाहको प्रयास गरेका छन्।
लघुवित्त पीडितहरूको प्रदर्शनका क्रममा सर्लाहीको चन्द्रनगर-६ का ४० वर्षीय नथुनी मुखियाले आत्मदाहको प्रयास गरेका हुन्।
शरीरमा पेट्रोल छर्किसकेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएर उद्धार गरेको काठमाडौंका एसएसपी दिलीप घिमिरेले बताए।
उद्धारपछि मुखियालाई उपचारका लागि वीर अस्पताल पठाइएको र अहिले उनको उपचार भइरहेको छ।

























