
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा राख्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले उनीहरूलाई थुनामा पठाउने आदेश दिएको हो। सम्पत्ति शुद्धीकरणको पहिलो मुद्दामा थुनामा रहेका भट्ट र अग्रवाललाई बुधबार अर्को मुद्दामा विशेष अदालतमा उपस्थित गराइएको थियो।
दुवैजनाको बयान र थुनछेक बहसपछि अदालतले थुनामा पठाउने निर्णय गरेको हो। पूर्वअर्थमन्त्री विष्णु पौडेललाई प्रतिवादी बनाइएको सम्पत्ति शुद्धीकरणको दोस्रो मुद्दामा भट्ट र अग्रवाललाई पनि प्रतिवादी बनाइएको थियो।
सोही मुद्दामा पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारिखमा छाड्न आदेश दिएको विशेष अदालतले अन्य दुई आरोपितलाई भने थुनामा पठाएको छ।



















