
काठमाडौं। नेपाली काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा उपचारपछि बिहीबार स्वदेश फर्किएका छन्। उनी दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ अवतरण गरेका हुन्।
उनलाई स्वागत गर्न काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरू विमानस्थल पुगेका थिए। देउवा गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका थिए।
त्यसपछि देउवा श्रीमती आरजु राणासँगै उपचारका लागि कात्तिक १० गते सिंगापुर गएका थिए। उनी थाइल्यान्ड हुँदै काठमाडौँ फर्किएका हुन्।

























