धरान उपमहानगरमा विवाद समाधान, बजेट पास गर्दै नगरसभाको बाटो खुल्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २८, बिहीबार १६:४५

धरान । आर्थिक विकास समितिको बैठकमा उत्पन्न विवादपछि अवरुद्ध बनेको धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघा र वडाध्यक्षहरूबीचको सम्बन्धमा सहमति जुटेको छ। दुवै पक्षबाट भएका कमीकमजोरी स्वीकार गर्दै आगामी दिनमा सच्चिएर अघि बढ्ने प्रतिबद्धतापछि गतिरोध अन्त्य भएको हो।

बुधबार बसेको कार्यपालिका बैठकमा कार्यवाहक मेयर बेघासहित वडा नं. १५ का अध्यक्ष नरेश इवारम र वडा नं. १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) ले शुक्रबारको घटनाप्रति आत्मालोचना गर्दै आ-आफ्नो धारणा राखे। बजेट निर्माण र सिलिङका विषयमा विवाद उत्पन्न भई भनाभन र गालीगलौजको स्थिति बनेपछि दुई पक्षबिच संवादहीनता सिर्जना भएको थियो।

Advertisement

विवादका कारण अनिश्चित बनेको कार्यपालिका बैठक सुचारु गराउन सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठ, पूर्वअध्यक्ष सरोज श्रेष्ठ र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेलगायतको टोलीले मध्यस्थता गरेको थियो। सोमबार धरान-१५ स्थित एक होटलमा भएको छलफलमा समीक्षा र आत्मालोचना भएपछि मंगलबार कार्यवाहक मेयरको कार्यकक्षमा बसेको बैठकले बजेटका विवादित विषय टुंगो लगाएको थियो।

सहमति जुटेलगत्तै बसेको कार्यपालिका बैठकले आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम, आर्थिक विधेयक तथा विनियोजन विधेयक अनुमोदन गरी नगरसभामा पेस गर्ने निर्णय गरेको छ। यससँगै बजेट ल्याउन देखिएको कानुनी र राजनीतिक अड्चन हटेको छ।

बैठकले धरान–८ स्थित नयाँ बसपार्क व्यवस्थापन तथा सरसफाइ शुल्कसम्बन्धी निर्णय गर्दै सवारीसाधनको प्रकारका आधारमा पटके र दैनिक एकमुष्ठ शुल्क निर्धारणसमेत गरेको छ। कार्यपालिकाबाट विधेयकहरू पारित भएसँगै धरान उपमहानगरपालिकाको नगरसभा बिहीबार बिहान ११ बजे नयाँ भवनमा बस्ने तय भएको छ।

तपाइको प्रतिक्रिया
किशोर श्रेष्ठको गिरफ्तारीप्रति बार एशोसिएशनको ध्यानाकर्षण, तत्काल रिहाइको माग
मुख्यमन्त्री कार्की र प्रदेश प्रमुख खापुङबीच भेट
युवतीलाई बलात्कार गरेको आरोपमा विराटनगरबाट प्रहरी जवान पक्राउ
धरान उपमहानगरमा विवाद समाधान, बजेट पास गर्दै नगरसभाको बाटो खुल्यो
भदौ ३ गते बस्दै कोशी प्रदेशसभा बैठक
सुकुनाका छात्रामाथि दुर्व्यवहार आरोप : शिक्षक र कर्मचारी धरौटीमा रिहा
कांग्रेससँगको सहकार्य सुमधुर र महत्वपूर्ण : मुख्यमन्त्री कार्की
नेप्सेमा दोहोरो अंकको सुधार
सातामा दुई दिन सार्वजनिक बिदा तत्काल पुनरावलोकन नहुने
दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ सम्म कर्णालीमा हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.