
काठमाडौं । सरकारले जेनजी आन्दोलनमा संलग्न भई पक्राउ परेका व्यक्तिहरूको मुद्दा फिर्तासम्बन्धी विषयमा अध्ययन सुरु गरेको छ। गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठका अनुसार यस विषयमा अध्ययन गर्न छुट्टै समिति गठन गरेर काम भइरहेको छ। प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहसचिव श्रेष्ठले यसबारे जानकारी गराएका हुन्।
बैठकमा समिति सभापति समीक्षा बास्कोटाले जेनजी आन्दोलनका क्रममा भएका सहमति तथा पक्राउ परेका व्यक्तिहरूका सन्दर्भमा सरकारले गरिरहेको कारबाहीबारे प्रश्न गरेकी थिइन्। जवाफमा गृहसचिव श्रेष्ठले कार्यदल बनाएर सूक्ष्म अध्ययन भइरहेको बताए।
‘कति वटा मुद्दा छन्, तिनको अवस्था के-कस्तो छ र कानुनी रूपमा कसरी मुद्दा फिर्ता लिन सकिन्छ भन्ने विषयमा प्रतिवेदन तयार भइरहेको छ,’ उनले भने, ‘समितिले सिफारिस पेस गरेपछि सोही आधारमा सरकारले आवश्यक निर्णय लिनेछ।

























