कोशी प्रदेश प्रमुख खापुङसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २९, शुक्रबार १६:५८

विराटनगर। कोशी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङले संविधान र प्रचलित कानुन बमोजिम आयोगले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरिरहेको बताए। उनले आयोगप्रति आम नागरिकको रहिआएको भरोसा, विश्वास र आस्थालाई कायम राख्न जिम्मेवारीपूर्वक दायित्व र कर्तव्य पूरा गर्न सुझाव दिए।

Advertisement

सार्वजनिक प्रशासन एवं सुशासनका निम्ति आयोगले खेलेको भूमिकामा नै नागरिकको हित र अधिकार स्थापित हुने भएकाले जनताको विश्वास टुट्न नदिन संविधान, ऐन र कानुन अनुसार काम गर्न प्रदेश प्रमुख खापुङले आग्रह गरे।

आयोगका अध्यक्ष गुरागाईँले सार्वजनिक प्रशासनका माध्यमबाट आम नागरिकलाई सुशासन प्रदान गर्न योग्य राष्ट्रसेवक कर्मचारी छनोटमा विशेष ध्यान पुर्‍याइएको बताए।

तपाइको प्रतिक्रिया
नेप्सेमा ७.३७ अंकको गिरावट
कर्मचारीको वैदेशिक भ्रमणमा नियन्त्रण, पूर्वस्वीकृति अनिवार्य
कोशी प्रदेश प्रमुख खापुङसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश
ग्यास लुकाउनेलाई कारबाही र सूचना दिनेलाई पुरस्कारको घोषणा
प्रहरीको अनुसन्धान प्रक्रियालाई प्रमाणमुखी र वैज्ञानिक बनाइँदै
संवैधानिक इजलास गठन प्रक्रियाप्रति बार अध्यक्ष मिश्रको आपत्ति
म्याद गुज्रेका सिलिन्डरमा ग्यास भरेर बेच्ने मोरङको ‘रिजालको भान्सा ग्यास’ लाई पौने ३ लाख जरिबाना
भारत, क्यानाडालगायत देशले भन्सार छलीमा चीनलाई सघाएको आरोप
‘मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन निराशाजनक’
प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ, तयारीका लागि पहिले भारत
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.