सरकारको कार्यक्षमता, संरचनात्मक साङ्लो र अर्थतन्त्रको यथार्थ

Share this
694shares
मुलुकी खबर
दीपेन्द्र अधिकारी
clock२०८३ श्रावण ३०, शनिबार ०९:५२

नेपालमा दुईतिहाइ, बहुमत, अल्पमत वा गठबन्धन- जुनसुकै स्वरूपमा सरकार गठन भए पनि त्यसको कार्यक्षमतामाथि सधैँ प्रश्न उठ्दै आएको छ। सरकार प्रमुख र उनको टिमले कति काम गर्न सके वा सक्छन् भन्ने कुरा केवल राजनीतिक इच्छाशक्तिमा मात्र निर्भर हुँदैन। न्यायपालिकाको संवैधानिक सीमा, कार्यपालिकालाई सघाउने वा अड्काउने ब्युरोक्रेसीको ढिलासुस्ती र पर्दापछाडिबाट प्रभाव पार्ने अदृश्य शक्तिहरूको अंकुशले हरेक सरकारको गति रोक्दै आएको इतिहास छ।

त्यसमाथि दलहरूप्रतिको आन्तरिक कलह र गुटगत द्वन्द्व सरकारको कार्यक्षमता प्रभावित पार्ने अर्को प्रमुख कारक बन्ने गरेको छ। लामो इतिहासदेखि वर्तमानसम्मका सरकार सञ्चालनका यस्ता वास्तविक पक्षहरूलाई नजिकबाट नियाल्दा ‘नयाँ’ वा ‘पुराना’ शक्ति बीचको बहस पनि अर्थहीन देखिन्छ। जनतालाई केवल नयाँ र पुरानाको भाष्यमा अल्मल्याउनु भन्दा सामूहिक चेतनासहितको साझा राष्ट्रिय अभियानतर्फ अघि बढ्नु अहिलेको आवश्यकता हो।

इतिहासबाट पाठ सिक्ने हो, इतिहास बेचेर राजनीति गर्ने होइन। नयाँ विकल्पका नाममा पुनः अर्को भ्रम सिर्जना हुने खतराप्रति सजग रहँदै विद्यमान व्यवस्थाभित्रै स्थिर सरकारले पूर्ण कार्यकाल काम गर्ने वातावरण बन्नुपर्छ। देशको आन्तरिक अवस्था दिनानुदिन नाजुक बन्दै गएको वर्तमान परिप्रेक्ष्यमा सरकारको ध्यान गम्भीर विषयतर्फ मोडिन ढिला भइसकेको छ।

सानो मुलुकका उत्पादनशील युवाहरू बाध्यात्मक वैदेशिक रोजगारीमा छन् भने स्वदेशका खेतबारी बाँझा पल्टिएका छन्। कृषि प्रधान देशमा मल र सिँचाइको चरम अभाव छ। किसानले जसोतसो उत्पादन गरेका कृषि उपजले उचित बजार पाउँदैनन्, जसका कारण बाहिरबाट आयात गरिएका वस्तुमा निर्भर हुनुपर्ने बाध्यता छ। स्वदेशी उत्पादनलाई विस्थापित गरेर आयातित वस्तुलाई प्रश्रय दिने यस्तो परिपाटी कतै बिचौलिया र तस्करहरूको कमाउ धन्दाको उपज त होइन भन्ने गम्भीर प्रश्न उठेको छ।

यी सबै चुनौतीहरूलाई चिर्दै अहिलेको मुख्य प्राथमिकता देशको अर्थतन्त्रलाई चरम गिरावटतर्फ जानबाट रोक्नु नै हो। अर्थतन्त्र सुदृढ बनाउने स्पष्ट खाका कोरेर त्यसै दिशामा अघि बढ्नुपर्ने बेला आएको छ। घृणित र स्तरहीन राजनीतिक बहसमा अल्मलिनुको सट्टा नैतिकता र मर्यादाको सीमाभित्र रहेर सामाजिक-आर्थिक व्यवस्थापनमाथि गम्भीर मन्थन हुन आवश्यक छ।

परिवर्तन केवल नारा र भाषणले सम्भव हुँदैन भन्ने कुरा इतिहासले सिद्ध गरिसकेको छ। इतिहासका गल्तीहरूबाट सिकेर र वर्तमानको तीतो यथार्थलाई महसुस गरेर अघि बढ्नु नै उत्तम विकल्प हो। देशबाहिर रहेका लाखौँ परदेशीहरूले देशको यो अवस्थाप्रति चिन्ता व्यक्त गरिरहँदा स्वदेशभित्रका निर्णायक तहमा बसेकाहरूले यसको गम्भीरता बुझ्न जरुरी छ। अन्ततः हामीले आज जे रोप्छौँ, भोलि त्यसैको फल प्राप्त हुने निश्चित छ।

तपाइको प्रतिक्रिया
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×