प्रधानमन्त्री शाहद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसमा शुभकामना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३०, शनिबार ११:१४

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदी, भारतीय जनता तथा सरकारप्रति हार्दिक बधाई एवम् शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री बालेनले नेपाल र भारतबिच रहेको गहिरो ऐतिहासिक सम्बन्ध, प्रगाढ जनस्तरको नाता र द्विपक्षीय सहयोग आगामी वर्षहरूमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका हुन्।

Advertisement

प्रधानमन्त्री बालेनले सन्देशमा भनेका छन्, ‘भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा म प्रधानमन्त्री नरेन्द्र मोदी, मित्रवत् भारतीय जनता तथा सरकारप्रति हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछु। नेपाल र भारतबिचको गहिरो ऐतिहासिक सम्बन्ध, निकट जनस्तरको नाता र सहयोग आगामी दिनहरूमा अझ बलियो बन्दै जाओस्।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.