
काठमाडौं। सशस्त्र प्रहरी बल, नेपालले चार जना सशस्त्र प्रहरी नायब उपरीक्षक र १७ जना निरीक्षक गरी २१ जना अधिकारीको काज सरुवा गरेको छ।
सशस्त्र प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागले साउन २९ गतेको निर्णयअनुसार प्रशासनिक आवश्यकताका आधारमा उनीहरूको कार्यक्षेत्र परिवर्तन गरिएको जनाएको छ। सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३५ को उपनियम १ (ग) र नियम ३६ बमोजिम यो निर्णय गरिएको हो।
सरुवा तथा काजमा खटाइएका अधिकारीहरूलाई आगामी भदौ ५ गतेभित्र तोकिएको नयाँ कार्यालयमा पुगेर बरबुझारथ गरी जिम्मेवारी सम्हाल्न निर्देशन दिइएको छ। साथै, नयाँ पदस्थापन वा कामकाजको विवरण अनिवार्य रूपमा मानवस्रोत विभागमा बुझाउन परिपत्रमा उल्लेख छ।




















