पेट्रोलियम पदार्थको मूल्य यथावत् 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १, सोमबार ०७:३०
पेट्रोलियम पदार्थको मूल्य यथावत् 

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साबिकको खुद्रा बिक्री मूल्यलाई नै यथावत् राख्ने निर्णय गरेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमलाई ठुलो घाटा हुने देखिए तापनि तत्कालका लागि मूल्य नबढाउने निर्णय गरिएको हो ।

निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले साबिककै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ । यो निर्णय भदौ १ गते बिहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

Advertisement

मूल्य यथावत् राख्ने निर्णयसँगै निगमलाई आगामी १५ दिनमा (पाक्षिक) करिब ८१ करोड ३५ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ । पछिल्लो समय मध्यपूर्वमा जारी युद्ध र तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा तीव्र उतारचढाव आएको छ । सोही कारण स्वचालित मूल्य प्रणाली (अटोमेटिक प्रसिङ सिस्टम) बमोजिम मूल्य समायोजन गर्न कठिन भएको निगमको भनाइ छ ।

निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर प्राप्त भए तापनि उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य वृद्धि नगर्ने निर्णय गरिएको हो ।’ मूल्य नबढाउँदा निगमले ठुलो वित्तीय घाटा व्यहोर्नु परेको समेत विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा स्वचालित मूल्य प्रणाली लागू भए तापनि विभिन्न समयमा अन्तर्राष्ट्रिय बजारको दबाब र आन्तरिक परिस्थितिका कारण निगमले मूल्य स्थिर राख्दै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.