मनसुनी वायुको प्रभाव कायमै, धेरै भारी वर्षाको सम्भावना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १, सोमबार ०६:११
मनसुनी वायुको प्रभाव कायमै, धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपाल नजिक छ ।

अहिले देशभर साधरणतया बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत मध्यमसम्मको पानी परिरहेको महाशाखाले जनाएको छ ।

Advertisement

सोमबार देशभर साधरणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि वर्षाको सम्भावना छ ।

यसैगरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा पानी पर्नेछ । मधेस प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने अनुमान छ ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई भूभागका एक(दुई स्थानमा भने धेरै भारी वर्षा हुन सक्नेछ ।

तपाइको प्रतिक्रिया
१४ औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन: प्रिन्स र रसिलाले जोगाए उपाधि
१४ औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन: प्रिन्स र रसिलाले जोगाए उपाधि
पेट्रोलियम पदार्थको मूल्य यथावत् 
पेट्रोलियम पदार्थको मूल्य यथावत् 
मोरङ कारागारमा खानतलासी, कैदीबन्दीको स्थानान्तरण तयारीपछि नाराबाजी र प्रदर्शन
मोरङ कारागारमा खानतलासी, कैदीबन्दीको स्थानान्तरण तयारीपछि नाराबाजी र प्रदर्शन
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर 
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर 
 नाग पञ्चमी पर्व श्रद्धापूर्वक मनाइँदै, यस्तो छ पूजाको विधि र महत्त्व
नाग पञ्चमी पर्व श्रद्धापूर्वक मनाइँदै, यस्तो छ पूजाको विधि र महत्त्व
मनसुनी वायुको प्रभाव कायमै, धेरै भारी वर्षाको सम्भावना
मनसुनी वायुको प्रभाव कायमै, धेरै भारी वर्षाको सम्भावना
सोमबारदेखि नियमित प्रक्रियाबाटै ग्यास बिक्री हुने
‘बीपीका विचारलाई आफू अनुकूल व्याख्या गर्ने प्रवृत्ति बढ्यो’
राइजिङ नेपाललाई हराउँदै ग्रिनल्याण्ड च्याम्पियन
राइजिङ नेपाललाई हराउँदै ग्रिनल्याण्ड च्याम्पियन
एभरेस्ट स्कुलका कराँते खेलाडीको ग्रेडिङ सम्पन्न
एभरेस्ट स्कुलका कराँते खेलाडीको ग्रेडिङ सम्पन्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.