मोरङ कारागारमा खानतलासी, कैदीबन्दीको स्थानान्तरण तयारीपछि नाराबाजी र प्रदर्शन

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १, सोमबार ०७:१०
मोरङ कारागारमा खानतलासी, कैदीबन्दीको स्थानान्तरण तयारीपछि नाराबाजी र प्रदर्शन तस्बिर: फायल

विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा आज (सोमबार) बिहानैबाट खानतलासी सुरु भएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीको उपस्थितिमा कारागारमा बिहान ४ः३० बजेदेखि खानतलासी सुरु भएको हो । लागुऔषध लगायतका अवैध वस्तु राख्ने गरिएको विशेष सूचनाका आधारमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर खानतलासी गरिएको हो ।

एसपी कटवालले खानतलासी नियमित भएको बताए । ‘कारागारमा बेला–बेला खानतलासी र सर्च गर्ने गरिएको छ । अहिले त्यसैलाई निरन्तरता दिइएको हो । यो नियमित प्रक्रिया हो,’ उनले भने । यो समाचार तयार पार्दासम्म कारागारबाट कुनै अवैध वस्तु फेला परेको जानकारी भने छैन ।

खानतलासीसँगै कारागारका केही कैदीबन्दीको स्थानान्तरणको तयारी गरिएको थियो । विशेष गरेर आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग निकट रहेकाहरूलाई अन्यत्र कारागारमा सार्न खोजिएको सुरक्षा स्रोतले बतायो । स्रोतका अनुसार कारागारभित्र रहेर अभिषेक गिरीलाई सहयोग गरिरहेका १५ जनाभन्दा बढी कैदीबन्दीलाई सार्न खोजिएको छ ।

तर, कारागारमा खानतलासी सुरु भएसँगै (बी) ब्लकका कैदीबन्दी आन्दोलित भएका छन् । खानतलासीसँगै कैदीबन्दीको स्थानान्तरण गर्ने तयारी भइरहेको बुझेपछि त्यसको विरोधमा उनीहरू प्रदर्शन र नाराबाजीमा उत्रिएका हुन् । उनीहरू कारागारभित्रै आगो बालेर विरोधमा उत्रिएका थिए । तर, दमकलको सहयोगमा आगो निभाइएको थियो ।

यो समाचार तयार पार्दासम्म नाराबाजी र प्रदर्शन भइरहेको छ । आन्दोलनमा उत्रिएका कैदीबन्दीले (बी) ब्लकमा सुरक्षाकर्मीलाई प्रवेश गर्न दिइरहेका छैनन् । भित्रबाट तालाबन्दी गरेर उनीहरूले प्रदर्शन र नाराबाजी गरिरहेका हुन् । यद्यपि, बल प्रयोग गरेर भए पनि भित्र प्रवेश गर्ने र गिरीलाई सहयोग गरिरहेका कैदीबन्दीलाई स्थानान्तरण गर्ने तयारी रहेको स्रोतले बतायो ।

मोरङ कारागारका कैदीबन्दीले लत्ताकपडाबापत पाउँदै आएको सरकारी भत्ता कब्जा गरेको आरोपमा यसअघि असार १३ गते गिरी पक्राउ परेका थिए । आपराधिक विश्वासघात, ठगी मुद्दामा सीआईबी र जिल्ला प्रहरी कार्यालय मोरङले अलगअलग अनुसन्धानमा परेका उनी लामो समयदेखि आपराधिक धन्दामा संलग्न रहेको प्रहरीले जनाएको छ । तर, आपराधिक विश्वासघात, ठगी मुद्दामा जाहेरवालासँग सहमति गरेर उनी छुटिसकेका छन् । कारागारसँग जोडिएको घटनामा भने अनुसन्धान जारी छ ।

प्रहरीको हालसम्मको अनुसन्धानबाट कैदीबन्दीको सहयोगमा गिरीले कारागारभित्र पहुँच पुर्‍याउने गरेको पत्ता लागेको छ । उनैलाई सहयोग गर्दै आएकाहरूलाई अन्यत्र कारागार स्थानान्तरण गर्न खोजिएको सुरक्षा स्रोतले बतायो ।

तपाइको प्रतिक्रिया
खाम्लेतदेखि राष्ट्रसेवासम्म : पाँच दाजुभाइको प्रेरणादायी यात्रा
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका
मोरङको बूढीगंगामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा युवकको मृत्यु
अन्नपूर्ण आधार शिविरमा बढ्यो पर्यटकको चाप
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×