ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १, सोमबार ०८:५३
ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

झापा । झापाको कचनकवल गाउँपालिकामा ट्याक्टर पल्टिँदा एक बालकको मृत्यु भएको छ । कचनकवल–१ स्थित चिया बगान नजिकै खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ८ वर्षीय सिमोन सोरेनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भद्रपुर नगरपालिकाका मोहन अग्रवालको खेत भारत बिहारको किसनगन्जका बाबुलाल मन्डीले अधियामा कमाउँदै आएका थिए । सोही खेतमा प्र १–०१–००१ त ८९९२ नम्बरको ट्याक्टरले खेत  जोत्ने क्रममा अचानक पल्टिएको थियो ।

Advertisement

दुर्घटनामा ट्याक्टरमा सवार भारतीय धर्मेन्द्र सोरेनका छोरा सिमोन सोरेन गम्भीर घाइते भएका थिए । उनलाई आफन्तले उपचारका लागि तत्काल भारततर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालक बाबुलाल मन्डीका छिमेकी हुन् ।

घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी घेराबारीको टोली पुगेर ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । ट्याक्टरका साहु भारतको किसनगन्ज जिल्ला गिलाबारी बस्ने अजय भट्टिया रहेको बुझिएको छ । दुर्घटनापछि भारतीय नागरिक रहेका ट्याक्टर चालक भने फरार भएका छन् ।

प्रहरीले फरार चालकको पहिचान, खोजी कार्य जारी राखेको र घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.