२ अर्ब ६४ करोडको अलैंची निर्यात, विश्वबजारमा ब्रान्डिङको चुनौती

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३१, आइतबार ११:३१

काठमाडौं। नेपालबाट अलैंची निर्यातले नयाँ रेकर्ड कायम गरेको छ। भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा १२ अर्ब ६४ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ, जुन हालसम्मकै उच्च हो। अघिल्लो वर्षको तुलनामा निर्यात रकम ६४.६० प्रतिशत र परिमाण ४८.७० प्रतिशतले बढेको छ।

नेपाल विश्वकै सबैभन्दा ठूलो अलैंची उत्पादक तथा निर्यातकर्ता मुलुक हो। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार विश्वबजारमा खपत हुने कुल अलैंचीमा नेपालको हिस्सा ५२ प्रतिशत रहेको छ भने भारतको ३७ र भुटानको ११ प्रतिशत योगदान छ। हाल नेपालका ५४ जिल्लामा अलैंची खेती हुने गरे पनि ताप्लेजुङ, पाँचथर र इलाम मुख्य उत्पादन क्षेत्र हुन्। अलैंचीको बजार मूल्य प्रतिमन (४० किलो) १ लाख ५ हजार रुपैयाँसम्म पुग्दा किसानहरू उत्साही बनेका छन्।

उत्पादन र निर्यात बढे पनि नेपालले आफ्नै ब्रान्डमा अलैंची बेच्न भने सकेको छैन। उत्पादित अलैंचीको ९९.९१ प्रतिशत हिस्सा काँकडभिट्टा नाका हुँदै भारत पुग्छ। बाँकी नगण्य मात्रा मात्र इटाली, जापान र रुसमा निर्यात हुन्छ। भारतीय व्यापारीहरूले नेपालबाट सस्तोमा कच्चा अलैंची खरिद गरी ग्रेडिङ, प्रशोधन र प्याकेजिङ गरेर आफ्नै ब्रान्डमा खाडी मुलुक, युरोप र अमेरिकातर्फ पुनःनिर्यात गर्दै आएका छन्।

अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला, गुणस्तर प्रमाणीकरण र ब्रान्डिङ नहुँदा नेपालले पाउनुपर्ने वास्तविक लाभ भारतीय व्यापारीले उठाइरहेका छन्। साथै बंगलादेश जस्ता छिमेकी देशमा ३५ प्रतिशतसम्म भन्सार महसुल रहेकाले बजार विविधीकरणमा कठिन भएको अलैंची व्यवसायी दिनेश शर्मा बताउँछन्।

स्वदेशमै प्रशोधन उद्योग, प्रयोगशाला स्थापना र तेस्रो मुलुकसँग द्विपक्षीय व्यापार सम्झौता नगरेसम्म अलैंचीको वास्तविक सम्भावना उपयोग हुन नसक्ने नेपाल अलैंची व्यवसायी महासंघले जनाएको छ।

तपाइको प्रतिक्रिया
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×