अशोक धाम मन्दिरमा भाग दौड हुँदा सात महिलाको मृत्यु 

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १, सोमबार १२:२२
अशोक धाम मन्दिरमा भाग दौड मच्चिँदा सात महिलाको मृत्यु 

काठमाडौं । भारतको बिहार राज्यस्थित लखीसरायको अशोक धाम मन्दिरमा सोमबार बिहान भाग दौड मच्चिँदा सात जना महिलाको मृत्यु भएको छ । साउनको सोमबार भएकाले मन्दिरमा पूजाका लागि पुगेका श्रद्धालुहरूको ठूलो भीडका बीच उक्त दुर्घटना भएको हो ।

लखीसरायका उप विभागीय प्रहरी अधिकारी (एसडीपीओ) शिवम कुमारका अनुसार घटनामा सात जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य ५ देखि ६ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय सदर अस्पतालमा भर्ना गरिएको छ ।

जिल्ला मजिस्ट्रेट शैलेन्द्र कुमारका अनुसार अशोक धाम हल्ट रेल्वे स्टेसन नजिकैबाट मन्दिरसम्म भक्तजनहरूको लामो लाइन थियो । सोही समयमा स्टेसनमा दुई वटा रेल आइपुगेका थिए, जसका कारण मानिसको चाप ह्वात्तै बढ्यो ।

त्यति नै बेला बिजुलीको पोल ढलेको भन्ने हल्ला फैलियो, जबकि बिजुलीको तार मात्र भाँचिएको थियो । सो हल्लापछि मच्चिएको भागदौडमा महिलाहरूको लाइनमा दबाब बढ्यो र उनीहरू एकअर्कामाथि खस्न पुगेको बताइएको छ ।

मृत्यु हुने सबै सातै जना महिला रहेको प्रशासनले पुष्टि गरेको छ । प्रहरीका अनुसार भीड अत्यधिक थियो र एउटा सानो हल्लाले त्रास फैलाउँदा २०–२५ जना महिलाहरू एकाएक लडेका थिए । भीडमुनि थिचिएर धेरै महिलाहरू बेहोस भएका थिए ।

अहिले घटनास्थलमा प्रशासनिक अधिकारी र प्रहरी टोली पुगेर स्थिति नियन्त्रणमा लिएका छन् । उद्धार कार्य जारी रहेको र प्रशासनले स्थितिको निरन्तर निगरानी गरिरहेको जनाइएको छ । स्थानीय प्रशासनले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ ।

 

तपाइको प्रतिक्रिया
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
विद्यार्थीका समस्या र संघर्षको कथा बोकेको  ‘संघर्ष’को विशेष प्रदर्शन
विद्यार्थीका समस्या र संघर्षको कथा बोकेको  ‘संघर्ष’को विशेष प्रदर्शन
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×