तीन केजी गाँजा र २ लाख रुपैयाँसहित एक जना पक्राउ 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २, मंगलबार ०८:१६
तीन केजी गाँजा र २ लाख रुपैयाँसहित एक जना पक्राउ 

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१ बाट प्रहरीले लागुऔषध गाँजा र नगदसहित एक जनालाई पक्राउ गरेको छ ।

सुन्दरहरैँचा–१ का ४९ वर्षीय सुन्दरलाल चौधरीलाई उनकै घरबाट गाँजा र नगदसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

Advertisement

उनका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय हरैँचाको संयुक्त टोलीले आइतबार साँझ ५ः३० बजेतिर चौधरीको घरमा खानतलासी गर्दा गाँजा र नगद फेला परेको थियो ।
गाँजाको कारोबार भइरहेको सूचनाका आधारमा चौधरीको घरमा खानतलासी गर्दा ३ किलो ७६० ग्राम गाँजा र २ लाख ७१ हजार रुपैयाँ नगद फेला परेको डीएसपी मिश्रले बताए ।

पक्राउ परेका चौधरीलाई नगद र गाँजासहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.