कर्मचारीको तलब-भत्ता अब हरेक १५ दिनमा पाइने, महालेखाको परिपत्र

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २, मंगलबार १०:३६

काठमाडौं । संघीय सरकारका निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीले अब हरेक १५-१५ दिनमा तलब तथा भत्ता पाउने भएका छन्। महालेखा नियन्त्रक कार्यालयले परिपत्र जारी गर्दै अर्धमासिक रूपमा तलब भत्ता भुक्तानीको व्यवस्था मिलाउन मातहतका सबै कार्यालयलाई निर्देशन दिएको हो।

अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन र बजेट वक्तव्यको व्यवस्था अनुसार यो प्रणाली लागू गर्न लागिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। नयाँ व्यवस्था अनुसार संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई हरेक महिनाको १५ दिन बितेपछि अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गरिनेछ। यसका लागि प्रणालीमा आवश्यक व्यवस्था मिलाइसकिएको कार्यालयले बताएको छ।

Advertisement

हरेक १५ दिन पुगेपछि सो अवधिको तलब र भत्ता भुक्तानी हुनेछ। बजेट वक्तव्य अनुसारको कर्मचारी प्रोत्साहन भत्ता समेत यसै प्रक्रियाबाट भुक्तानी गर्न निर्देशन दिइएको छ। १५-१५ दिनमा तलब भत्ता दिँदा सरकारी कर्मचारीले महिनाको अन्त्यसम्म पर्खिनुपर्ने बाध्यता हट्ने र दैनिक नगद प्रवाहमा सहजता आउने अपेक्षा मन्त्रालयले गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.