जिप दुर्घटनाका घाइतेहरुको सैनिक अस्पतालमा उपचार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २, मंगलबार ११:१९

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा जिप दुर्घटना हुँदा घाइते भएका चार जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ। नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी घाइतेहरूलाई वीरेन्द्र सैनिक अस्पताल छाउनी ल्याइएको हो।

प्रहरीका अनुसार मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो जिप अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो।

Advertisement

सो जिपमा उच्च अदालत वीरगञ्ज इजलासका मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना सवार थिए। घाइतेहरूमध्ये गम्भीर अवस्थाका चार जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.