भदौ २३ गते सहिदहरूको सम्मानमा विशेष सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २, मंगलबार ११:५१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खत्री खतिवडाले प्रधानमन्त्रीलाई आगामी भदौ २३ गते सहिदहरूको सम्मानमा विशेष सम्बोधन गर्न आग्रह गरेकी छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले सहिदका सपना र उनीहरूले सुरु गरेका कामको अवस्थाबारे सरकारले स्पष्ट पार्नुपर्ने माग गरिन्।

सांसद खतिवडाले भदौ २३ गते सहिदहरूको नामै तोकेर सम्बोधन गर्नुपर्नेमा जोड दिँदै भनिन्, ‘सहिदहरूले देशका लागि पुर्‍याएको योगदान र उनीहरूका अधुरा काम कति पूरा भए, कति बाँकी छन्, त्यसको लेखाजोखासहित प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्छ।’

Advertisement

त्यसैगरी, उनले नयाँ पुस्ता (जेनजी) ले भ्रष्टाचारका विरुद्ध गरेको आन्दोलन र त्यसको उपलब्धिका बारेमा पनि सरकारको ध्यान आकर्षण गराइन्। ‘जेनजीले भ्रष्टाचार न्यूनीकरणका लागि ठूलो आन्दोलन गरेका थिए, तर त्यो आन्दोलनपछि भ्रष्टाचार कति न्यूनीकरण भयो त?’ उनले प्रश्न गरिन्।

भ्रष्टाचार अन्त्य गर्ने युवाहरूको चाहना र आन्दोलनको मर्मअनुसार सरकारले ठोस काम गर्न सकेको छ कि छैन भन्ने विषयमा पनि प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.