
काठमाडौं । खाना पकाउने ग्यास नपाउँदा विद्यार्थीले सास्ती भोग्नुपरेको भन्दै नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले खाली सिलिन्डर बोकेर सरकारविरुद्ध प्रदर्शन गरेको छ। नेविसंघले विद्यार्थीको समस्या समाधानको माग गर्दै त्रिचन्द्र क्याम्पस परिसरमा मंगलबार विरोध प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागीहरूले ‘नो लाइन भनेको होइन सरकार? ग्यासमा लाइन किन देखियो?’, ‘चुल्हो निभ्यो पढाइ रोकियो, सरकारको व्यवस्थापन कहाँ हरायो?’, ‘विद्यार्थीको हातमा कलम चाहिन्छ, खाली सिलिन्डर होइन’, ‘ग्यासको समस्या समाधान गर्’ तथा ‘विद्यार्थीको समस्या समाधान गर्’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

























