सुरुङमार्ग क्षेत्रमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भदौ ३, बुधबार ०९:३९

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-३, सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। बुधबार बिहान पाल्पातर्फबाट सुरुङमार्ग प्रवेश गर्ने बिन्दुबाट करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको हो।

पहिरो झर्न रोकिएपछि सडक खुलाउन डोजर प्रयोग गरेर काम थालिएको तर एक दुई घण्टा समय लाग्ने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।

सिद्धबाबा क्षेत्रमा पहिरोको उच्च जोखिम रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। राजमार्ग अवरुद्ध भएपछि पाल्पा-बुटवल सडकखण्डमा आवागमन प्रभावित भएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.