बालिका हत्याको विरोधमा वीरगन्ज-पथलैया सडकखण्ड ठप्प

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ४, बिहीबार १०:५२

वीरगन्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले बिहीबार पनि सडक अवरुद्ध गरी प्रदर्शन जारी राखेका छन्।

पीडित परिवार तथा स्थानीयले बुधबार बिहानैदेखि पथलैया-वीरगन्ज सडकखण्डमा टायर बालेर प्रदर्शन गर्दै यातायात सेवा पूर्ण रूपमा ठप्प पारेका हुन्। बालिकाका हत्यारालाई कडाभन्दा कडा कारबाही गर्न र पीडित पक्षलाई न्याय दिलाउन माग गर्दै सुरु भएको प्रदर्शन दोस्रो दिन पनि निरन्तर चलिरहेको छ।

Advertisement

मुख्य सडकखण्ड अवरुद्ध भएपछि वीरगन्ज-पथलैया सडकमा सयौँ सवारीसाधन र यात्रुहरू बिच बाटोमै अलपत्र परेका छन्। प्रदर्शनकारीहरूले दोषीलाई कडा कारबाहीको ग्यारेन्टी नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

प्रहरीका अनुसार साउन ३१ गतेदेखि बेपत्ता भएकी ती बालिकाको सोही दिन हत्या भएको अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिइसकेको छ। पक्राउ परेकामध्ये एक आरोपितले बालिकाको हत्या गरेको बयान प्रहरीसमक्ष दिइसकेको जनाइएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×