
काठमाडौं। सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई गरिएको नियुक्ति बदर गरेको छ। न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले बिहीबार उक्त नियुक्ति बदर गर्ने फैसला सुनाएको हो।
निगम सञ्चालक समिति सदस्यको नियुक्तिमा योग्यताक्रमको पहिलो नम्बरमा रहेका आफूलाई अध्यक्ष नबनाई सरकारले पछाडि रहेका श्रेष्ठलाई जिम्मेवारी दिएको भन्दै निगमका सञ्चालक समिति सदस्य उपेन्द्रबहादुर कार्कीले असार ३२ गते रिट दायर गरेका थिए।
कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत पाँच जनालाई विपक्षी बनाएर दायर गरेको सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले श्रेष्ठको नियुक्ति बदर गर्ने फैसला गरेको हो।

























