प्रहरी महानिरीक्षक कार्कीद्वारा कार्यसम्पादन प्रभावकारी बनाउन निर्देशन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ४, बिहीबार २२:१७

काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय तथा विभिन्न युनिटका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्।

आईजीपी कार्कीले बिहीबार भर्चुअल माध्यमबाट नेपाल प्रहरीका सबै ब्युरो, प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र, जिल्ला प्रहरी कार्यालय तथा परिसर, ट्राफिक प्रहरी कार्यालय, विशेष सुरक्षा गण र विमानस्थल सुरक्षा कार्यालयलगायतका प्रमुखहरूलाई सम्बोधन गर्दै निर्देशन दिएका हुन्।

Advertisement

भर्चुअल बैठकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय भरतपुर तथा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्रमुखहरू सहभागी थिए।

यस्तै, सबै प्रदेश प्रहरी गण, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी वृत्त तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरूलाई सम्बोधन गर्दै आईजीपी कार्कीले समसामयिक सुरक्षा अवस्था, प्रहरी कार्यसम्पादन तथा सङ्गठनका विभिन्न विषयमा केन्द्रित रहेर निर्देशन दिएका छन्।

तपाइको प्रतिक्रिया
स्वास्थ्य बिमाको बजेट १५ अर्ब पुर्‍याइएको छ: अर्थमन्त्री
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे ८० लाख धरौटीमा रिहा
धनकुटाका होटल र लजमा प्रशासनको छड्के अनुगमन, मापदण्ड पालना गर्न निर्देशन
दुर्घटनामा एक जनाको मृत्यु, ६ घाइते
एमालेलाई सघाएका राप्रपा संसदीय दलका नेता उद्धव थापा निष्कासित
वैदेशिक सहायता राष्ट्रिय बजेट प्रणालीमार्फत परिचालन गर्न निर्देशन
नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा एसएसपी गिरी दोषी ठहर
शिक्षिकाको कुटाइबाट ६ वर्षका बालकको मृत्यु
बालिका मृत्यु प्रकरणः सिमराका डीएसपीको जिम्मेवारी खोसियो
इरानका साझेदारले आर्थिक क्षति व्यहोर्नुपर्ने ट्रम्पको चेतावनी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×