नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा एसएसपी गिरी दोषी ठहर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ४, बिहीबार २२:२९

काठमाडौं। विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल प्रहरीका प्राविधिक एसएसपी लालबाबु गिरीलाई दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनलाई दोषी ठहर गर्दै पाँच हजार रुपैयाँ जरिवाना सुनाएको हो।

भारतको बिहार स्कुल अफ इक्ज्यामिनेस बोर्ड, पटनाबाट प्रमाणपत्र तह उत्तीर्ण गरेको भन्दै गिरीले पेस गरेको रोल नम्बर ७१८ को क्रमसङ्ख्या नभेटिएको भनी बोर्डले पत्र पठाएपछि विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो।

Advertisement

बिहारबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी उनले २०५२ सालमा नेपाल प्रहरीको सई पदबाट सेवा प्रवेश गरेका थिए। उनी पछिल्लो समय प्रहरी अस्पतालमा एसएसपीका रूपमा कार्यरत थिए।

तपाइको प्रतिक्रिया
स्वास्थ्य बिमाको बजेट १५ अर्ब पुर्‍याइएको छ: अर्थमन्त्री
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे ८० लाख धरौटीमा रिहा
धनकुटाका होटल र लजमा प्रशासनको छड्के अनुगमन, मापदण्ड पालना गर्न निर्देशन
दुर्घटनामा एक जनाको मृत्यु, ६ घाइते
एमालेलाई सघाएका राप्रपा संसदीय दलका नेता उद्धव थापा निष्कासित
वैदेशिक सहायता राष्ट्रिय बजेट प्रणालीमार्फत परिचालन गर्न निर्देशन
नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा एसएसपी गिरी दोषी ठहर
शिक्षिकाको कुटाइबाट ६ वर्षका बालकको मृत्यु
बालिका मृत्यु प्रकरणः सिमराका डीएसपीको जिम्मेवारी खोसियो
इरानका साझेदारले आर्थिक क्षति व्यहोर्नुपर्ने ट्रम्पको चेतावनी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×