दुर्घटनामा एक जनाको मृत्यु, ६ घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ४, बिहीबार २२:४३

काठमाडौंं। जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। डोल्पा–जाजरकोट सडकखण्डअन्तर्गत नलगाड–९ ताँत्राबाट दल्लीतर्फ आउँदै गरेको लु १ च ८२२७ नम्बरको बोलेरो जिप बिहीबार साँझ अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको हो।

दुर्घटनामा नलगाड–१० का २५ वर्षीय बालकृष्ण बोहराको मृत्यु भएको छ। नगर अस्पताल दल्लीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा नलगाड–१० का २६ वर्षीय गणेश ध्यार, २६ वर्षीय मानबहादुर बोहरा, ४० वर्षीया सम्झना महतारा, ३० वर्षीय राजेन्द्र ध्यार, ५२ वर्षीया रत्नाकुमारी बोहरा र १६ वर्षीय निखिल सुनार घाइते भएका छन्।

Advertisement

जिप चालक नलगाड–८ हलचौर निवासी २४ वर्षीय विनोद विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापछि इलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी सहायक निरीक्षक सन्तबहादुर थापाको कमान्डमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरेको थियो।

तपाइको प्रतिक्रिया
स्वास्थ्य बिमाको बजेट १५ अर्ब पुर्‍याइएको छ: अर्थमन्त्री
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे ८० लाख धरौटीमा रिहा
धनकुटाका होटल र लजमा प्रशासनको छड्के अनुगमन, मापदण्ड पालना गर्न निर्देशन
दुर्घटनामा एक जनाको मृत्यु, ६ घाइते
एमालेलाई सघाएका राप्रपा संसदीय दलका नेता उद्धव थापा निष्कासित
वैदेशिक सहायता राष्ट्रिय बजेट प्रणालीमार्फत परिचालन गर्न निर्देशन
नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा एसएसपी गिरी दोषी ठहर
शिक्षिकाको कुटाइबाट ६ वर्षका बालकको मृत्यु
बालिका मृत्यु प्रकरणः सिमराका डीएसपीको जिम्मेवारी खोसियो
इरानका साझेदारले आर्थिक क्षति व्यहोर्नुपर्ने ट्रम्पको चेतावनी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×