
काठमाडौं। काठमाडौं महानगरपालिका–३ बाँसबारीमा सञ्चालनमा रहेको न्यु गण्डकी गेष्ट हाउस रहेको घर भासिएको छ। बिहीबार बेलुका करिब ८ बजे निरन्तर वर्षाका कारण साढे दुईतले भवन भासिएको हो।
गेष्ट हाउस रहेको घर भासिए पनि घटनाका बेला भवनभित्र कोही नभएकाले मानवीय क्षति हुनबाट जोगिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ।

























