प्रधानमन्त्री मुस्ताङको खम्पा गुम्बा दर्शन गर्न जानुभएको होः शाही

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ५, शुक्रबार १३:२०

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन साहको मुस्ताङ भ्रमणलाई लिएर सामाजिक सञ्जालमा भइरहेको चर्चाप्रति आपत्ति जनाएका छन्।

शाहीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री निजी भ्रमणका क्रममा मुस्ताङस्थित खम्पा गुम्बा दर्शन गर्न गएको उल्लेख गर्दै निजी भ्रमणमा सुरक्षाकर्मीको लावालस्कर नै लिएर हिँड्नुपर्ने आवश्यकता नरहेको बताएका हुन् ।

Advertisement

उनले भनेका छन्, ‘प्रधानमन्त्री आफ्नो निजी भ्रमणमा मुस्ताङको खम्पा गुम्बा दर्शन गर्न जानुभएको हो। निजी भ्रमणमा पनि सुरक्षाकर्मीको लावालस्कर नै लिएर हिँड्नुपर्छ भन्ने छैन ।’

उनले प्रधानमन्त्रीलाई केही समय आफ्नै निजी समय र व्यक्तिगत जीवनमा स्वतन्त्र रूपमा हिँड्न दिनुपर्ने बताएका छन्। हरेक विषयलाई राजनीतिकरण गरेर अनावश्यक हल्ला गर्न आवश्यक नरहेको उनको भनाइ छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×