कुवेतमा बन्धक बनाइएकी नेपाली महिलाको उद्धार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ५, शुक्रबार २१:३१

काठमाडौं। घरेलु कामदारका रूपमा कुवेत पठाइएकी र करिब डेढ महिनादेखि बन्धक बनाइएकी एक नेपाली महिलाको उद्धार गरिएको छ। नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित नेपाली राजदूतावासको समन्वयमा गत अगस्ट १५ मा ती महिलाको उद्धार गरिएको हो।

उद्धारपछि घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देवचुली नगरपालिका–११ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–७ थापागाउँ बस्ने ३१ वर्षीया ममता पछाई रहेकी छन्।

Advertisement

पछाईलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहल पठाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा पछाईले फेसबुक र ह्वाट्सएपलगायत सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिसँग सम्पर्क गर्ने गरेको खुलेको छ। आकर्षक तलब र सुविधाको प्रलोभन देखाउँदै कुवेतमा घरेलु कामदारका रूपमा पठाइदिने भन्दै उनले महिलाहरूलाई काठमाडौं बोलाउने गरेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार तारकेश्वर नगरपालिका–७ थापागाउँस्थित डेरामा राखिएका ९ जना महिलालाई भदौ ५ गते कुवेत पठाउने तयारी भइरहेको अवस्थामा प्रहरी टोलीले उद्धार गरेको थियो। उद्धार गरिएका महिलाहरूलाई आवश्यक परामर्श दिएपछि आफन्तको जिम्मा लगाइएको छ। अवैध रूपमा महिलाहरूलाई कुवेत पठाउने कार्यमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
अवैध काठसहित दुई जना पक्राउ 
सुन सफा गर्ने बहानामा ठगी गरेको आरोपमा चार भारतीय पक्राउ
बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु
सरकारी सेवा सुधार्न ३० दिने ‘क्विक फिक्स’ योजना, अनावश्यक झन्झट हटाउने सरकारको तयारी
देशभर ९८ प्रतिशत धान रोपाइँ, गत वर्षभन्दा १.९२ प्रतिशत बढी
 कोशी प्रदेशसभामा दलित अधिकारसम्बन्धी विधेयक दर्ता 
जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम: ५० प्रतिशत सङ्क्रमितको मृत्यु
जापानीज इन्सेफ्लाइटिसबाट २१ जनाको मृत्यु, सबैभन्दा बढी कोशीमा
१५ औँ महाधिवेशन रोक्न सर्वोच्चमा रिट नदिएको खड्काको स्पष्टोक्ति
कुवेतमा बन्धक बनाइएकी नेपाली महिलाको उद्धार
संसदमा निदाएको भिडियो भाइरल भएपछि मन्त्री पुनको स्पष्टीकरण
नेपाल पुलिस क्लब र एग्रो थाई फुड्सबीच प्रायोजन सम्झौता
नेपाल पुलिस क्लब र एग्रो थाई फुड्सबीच प्रायोजन सम्झौता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×