काठमाडौंमा चोर्ने, गाउँमा रमाउने सोबितको ‘अपराध शैली’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ६, शनिबार ०७:०४
काठमाडौंमा चोर्ने, गाउँमा रमाउने सोबितको 'अपराध शैली'

काठमाडौं । काठमाडौंका सडकमा पार्किङ गरिएका स्कुटरहरू ५४ वर्षीय सोबित कार्कीका लागि कुनै ‘एटीएम मेसिन’ भन्दा कम थिएनन् । मोबाइलमा कसैलाई फोन गरिरहेको नाटक गर्ने, गोजीबाट साँचो निकालेर सुटुक्क डिकी खोल्ने र पलभरमै लाखौँ रुपैयाँ कुम्ल्याएर गायब हुने उनको शैलीले अहिले प्रहरीलाई समेत चकित तुल्याएको छ । पछिल्लो ५ महिनामा मात्रै विभिन्न स्कुटरको डिकीबाट १२ लाख रुपैयाँ सफा गरेका यी ‘सिरियल चोर’ अन्ततः २१ वटा साँचोसहित प्रहरीको फन्दामा परेका छन् ।

मोरङको मिक्लाजुङ गाउँपालिका–९ घर भएका कार्कीको अपराध गर्ने तरिका निकै योजनाबद्ध देखिन्छ । काठमाडौं आएपछि होटेलमा बस्ने, दिनभर डिकीमा आँखा लगाउने र ठुलो रकम चोरी गरेपछि गाउँ फर्किएर मोज मस्ती गर्ने उनको दिनचर्या थियो । भदौ २ गते गोंगबुबाट पक्राउ परेका उनको साथबाट प्रहरीले विभिन्न कम्पनीका २१ वटा साँचो बरामद गरेको छ ।

Advertisement

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, उनले गत चैतदेखि हालसम्म ७ ठाउँमा चोरी गरेको पुष्टि भइसकेको छ । विशेषगरी गोंगबु, जावलाखेल, कुमारीपाटी र नख्खु क्षेत्रलाई निशाना बनाउने कार्कीले एकै पटक ५ लाखसम्म चोरी गरेका थिए । असार २२ मा सामाखुसीमा मास्क लगाएर पुगेका उनले फोनमा कुरा गरेको बहाना गर्दै स्कुटरको डिकीबाट ३ लाख रुपैयाँ निकालेर हिँडेको दृश्य सीसीटीभीमा प्रस्ट देखिएको छ ।

प्रहरीले गौशालास्थित संगम होटेलमा उनी बसेको कोठा खानतलासी गर्दा चोरीको १ लाख ३३ हजार रुपैयाँ डस्बिनभित्र लुकाएको अवस्थामा फेला पारेको थियो । २०७६ सालमा पनि चोरीकै मुद्दामा जेल सजाय काटिसकेका कार्कीले चोरीको रकम खर्च भएपछि पुनः काठमाडौं आएर डिकी फुटाउने गरेको अनुसन्धानबाट खुलेको छ ।

हाल उनीमाथि प्रहरी वृत्त महाराजगन्जले अदालतबाट म्याद लिएर थप अनुसन्धान अगाडि बढाएको छ । स्कुटरको डिकीमा महँगा सामान र ठुलो नगद राख्ने सर्वसाधारणका लागि कार्कीको यो अपराध शैली एउटा गम्भीर चेतावनी बनेको छ ।

तपाइको प्रतिक्रिया
अदालत होइन, पार्टी कार्यालयमा बसेर संवाद गर्न विश्वप्रकाशको आग्रह
नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेशसँग भिड्दै
मुस्ताङ भ्रमणमा प्रधानमन्त्री शाह, मालढुङ्गाबाट अघि बढ्यो टोली
बीपीको सशस्त्र संघर्षका संस्मरण समेटिएको ‘बीपी र विद्रोहका ती दिन’ इलाममा विमोचन
कोशीमा विद्युत् आपूर्ति भरपर्दो बनाउँदै खपत बढाउन ऊर्जामन्त्रीको निर्देशन
गरिमा चौधरीलाई न्याय माग्दै शान्तिवाटिकामा प्रदर्शन
निलो सिन्दुर : रंगमञ्चीय यात्राको अर्को अध्याय
शंकास्पद मासुसहित दुई युवक पक्राउ
मनमोहन पोलिटेक्निकका डिप्लोमा विद्यार्थीले अब आफ्नै ठाउँमा बीटेक पढ्न पाउने
विपद्का घटनामा २५० जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×